दफा ३३
स्वीकृति नलिई खोल्न, हेर्न र जाँच्न नपाउने
भन्सार कार्यालयबाट जाँचपास भएका मालवस्तु र त्यस्तो मालवस्तु ढुवानी गरिरहेको साधन राजस्व चुहावट सम्बन्धी प्रचलित कानून बमोजिम अनुसन्धान गर्न अधिकारप्राप्त अधिकारी बाहेक अर्थ मन्त्रालय वा महानिर्देशकको पूर्व स्वीकृति नलिई अन्य निकायले खोल्न हेर्न र जाँच्न पाउने छैन ।